Google Home का सहायताले अझ व्यवस्थित र पर्सनलाइज गरिएको स्मार्ट होम बनाउनुहोस्। Google Home एपका सहायताले तपाईंको घरमा कनेक्ट गरिएका Google Nest, Wifi र Chromecast डिभाइसहरूका साथै बत्ती, क्यामेरा र थर्मोस्ट्याटलगायतका हजारौँ कम्प्याटिबल स्मार्ट होम डिभाइसहरू एकै ठाउँबाट सेटअप, व्यवस्थापन र नियन्त्रण गर्नुहोस्।
आफ्नो घरको दृश्य पर्सनलाइज गर्नुहोस्।
तपाईंले यो एप खोल्ने बित्तिकै आफूले सबैभन्दा बढी चलाउने डिभाइस, अटोमेसन र कारबाहीहरू सजिलै एक्सेस गर्न तिनलाई "मन पर्ने कुराहरू" ट्याबमा पिन गर्नुहोस्। आफ्ना Nest क्यामेरा र डोरबेलका लाइभ फिडहरू हेर्नुहोस् र गतिविधिको हिस्ट्रीमा भएका कुरा सजिलै हेर्नुहोस्। "अटोमेसन' ट्याबमा गई रुटिनहरू सेटअप र व्यवस्थापन गर्नुहोस्। अनि सबै सेटिङ एकै ठाउँमा राखिएको "सेटिङ" ट्याबमा गई कुनै पनि अनुमति तुरुन्तै परिवर्तन गर्नुहोस्।
घरमा के भइरहेको छ भन्ने कुरा एकै नजरमा थाहा पाउनुहोस्।
Google Home एप तपाईंलाई तपाईंको घरको वस्तुस्थिति देखाउने र तपाईंले छुटाएका हुन सक्ने कुराहरूका बारेमा जानकारी गराउने प्रयोजनका लागि बनाइएको हो। जुनसुकै बेला आफ्नो घरको वस्तुस्थिति थाहा पाउनुहोस् र हालसालैका गतिविधिहरूको रिक्याप हेर्नुहोस्।
जुनसुकै ठाउँबाट आफ्नो घरका डिभाइसहरू नियन्त्रण गर्नुहोस्।
तपाईं Wear OS मा चल्ने Google Home का सहायताले आफ्नो स्मार्ट वाचबाटै कम्प्याटिबल स्मार्ट होम डिभाइसहरू नियन्त्रण गर्न सक्नुहुन्छ। बत्तीहरू बाल्नुहोस्, थर्मोस्ट्याटको तापक्रम मिलाउनुहोस् वा तपाईंको घरको अगाडिको ढोकामा कुनै व्यक्ति वा प्याकेज देखा पर्दा अलर्ट प्राप्त गर्नुहोस्। नाडीमा एक पटक ट्याप गरेकै भरमा आफ्नो घर सजिलै व्यवस्थापन गर्न "मन पर्ने" टाइल प्रयोग गर्नुहोस् वा आफ्नो वाचफेसमा कुनै डिभाइस हाल्नुहोस्।
घरका सदस्यको गोपनीयता सुरक्षित राख्नु भनेको घरको एउटा महत्त्वपूर्ण पाटो हो।
तपाईंको गोपनीयताको सुरक्षार्थ हामी Google का उत्पादनहरूमा अत्याधुनिक सुरक्षा संयन्त्र प्रयोग गछौँ। यो संयन्त्र विश्वकै सबैभन्दा उन्नत सुरक्षा संयन्त्रहरूमध्ये एक हो। त्यसैले Google का उत्पादनहरू स्वतः सुरक्षित हुन्छन्। यसका साथै, Google ले तपाईंको घरलाई उपयोगी बनाउन तपाईंले अनुमति दिनुभएका तरिकाहरू प्रयोग गरी तपाईंका कम्प्याटिबल डिभाइस र जानकारी प्रयोग गर्छ। हामी तपाईंको जानकारी र गोपनीयता कसरी सुरक्षित राख्छौँ भन्ने सम्बन्धमा थप जान्न safety.google/nest मा रहेको Google Nest को सुरक्षा केन्द्रमा जानुहोस्।
* केही उत्पादन र सुविधाहरू सबै क्षेत्रमा उपलब्ध नहुन सक्छन्। तपाईंसँग कम्प्याटिबल डिभाइस हुनु पर्छ।